अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पेट्रोलियम अन्वेषणका लागि दैलेखको भैरवी गाउँपालिकामा ४५ रोपनी जग्गा दिने सरकारको निर्णय

पेट्रोलियम अन्वेषणका लागि दैलेखको भैरवी गाउँपालिकामा ४५ रोपनी जग्गा दिने सरकारको निर्णय


काठमाडौं – सरकारले पेट्रोलिय पदार्थको अन्वेषणका लागि दैलेखको भैरवी गाउँपालिका-१ जलजलेको ४५ रोपनी जग्गा दिने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुहुँदै नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उद्योग वाणिज्य मन्त्रालयको प्रस्तावमा जलजलेमा रहेको ४५ रोपनी जग्गा दिने निर्णय भएको जानकारी दिनुभएको हो।