अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशमा मतदान सुरू

राष्ट्रियसभा उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशमा मतदान सुरू


घोराही – राष्ट्रियसभा उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशमा मतदान सुरु भएको छ।

घोराही उपमहानगरपालिका-१५ स्थित कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा मतदान सुरु भएको हो।  लुम्बिनी प्रदेश सरकारका प्रवक्ता चेतनारायण आचार्यले सुरुमा मतदान गर्नुभएको थियो।

प्रदेशसभा सदस्य र स्थानीय तह प्रमुख र उपप्रमुखका लागि मतदान स्थलमा २ वटा मतदान केन्द्र निर्धारण  गरिएको छ । 

मतदान केन्द्र ‘क’मा प्रदेशसभा सदस्य र मतदान केन्द्र ‘ख’ मा स्थानीय तहका प्रमुख/उपप्रमुखहरूका लागि मतदानको व्यवस्था मिलाइएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

मतदानका लागि समय दिउँसो ३ बजेसम्म समय तोकिएको छ ।  लुम्बिनी प्रदेशमा कुल मतदाता सङ्ख्या ३ सय ५ रहनुभएको छ ।  जसमध्ये प्रदेश सांसद ८७  र पालिका प्रमुख तथा उपप्रमुख २ सय १८ जना रहनुभएको छ।

उपनिर्वाचनका लागि सत्ता गठबन्धनबाट नेकपा एमालेका कुमार दसौदी, नेपाली काँग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय उम्मेदवार रहनुभएको छ ।