अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विप्लव नेतृत्वको पार्टीले फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने

विप्लव नेतृत्वको पार्टीले फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने


काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता खड्गबहादुर विश्वकर्माले आफ्नो पार्टीले फागुन ५ र १५ गते चर्को महँगीविरुद्ध देशव्यापी विरोध गर्ने बताउनुभयो ।

पार्टीले दलाल पुँजीवादी सत्ताको विकल्प वैकल्पिक समाजवादी सत्ता भन्ने राजनीतिक नारालाई मुख्य बनाउने निर्णय गरेको विश्वकर्माको भनाइ छ ।

आगामी दिनमा राष्ट्रिय स्वाधिनता, जनताका राजनीतिक एवं आर्थिक अधिकार र जनजीविकाका क्षेत्रमा संघर्ष गर्ने निर्णय गरेको विश्वकर्माले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पार्टीले एमसीसी, एनसीएल, एसपीपी, अग्निपथ, माथिल्लो कर्णाली, अरुण तेस्रो, महाकाली अतिक्रमणविरुद्ध संघर्ष पनि गर्ने छौं ।’

‘जनताका मौलिक अधिकारका लागि संघर्ष गर्ने, राज्यले मिटरब्याजीलाई अपराधी घोषणा गर्नुपर्छ। फागुन ५ गते मिटरब्याज, बैंकको चर्को ब्याजदर र लघुवित्तका बिरुद्ध र फागुन १५ गते चर्को महँगीका विरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्नेछ’, विश्वकर्माले भन्नुभयो, ‘३ बुँदे सहमतिअनुसार एकीकृत जनक्रान्तिका सम्पूर्ण कमरेडहरू मुक्त हुनुपर्नेमा हालसम्म पनि ४० जना कमरेडहरू विभिन्न जेलमा हुनुहुन्छ । राज्यले सहमति गरेअनुसार अविलम्ब बन्दी कमरेडहरू मुक्त गर्नुपर्छ । साथै मुद्दाहरू खारेज गरिनुपर्छ ।’