काठमाडौं – उपप्रधान एवम् उर्जा जलश्रोत तथा सिंचाई मन्त्री राजेन्द्र लिङ्देन र नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डिप्रेजबीच भेटवार्ता भएको छ ।
उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयमा आज भएको भेटमा उपप्रधानमन्त्री लिङ्देनले नविकरणी उर्जा क्षेत्रमा पुर्याउदै आएको सहयोगको प्रशंसा गर्नुहुँदै सहयोगको निरन्तरताका लागि आग्रह गर्नुभयो ।
भेटका क्रममा उपप्रधानमन्त्री लिङ्देनले विद्युत उत्पादन, प्रशारण र वजारीकरणलाई प्राथमीकतामा राखेर आफुले काम गर्न चाहिरहेको उल्लेख गर्नुहुँदै हरीत ग्यास उत्पादनको विषयमा समेत छलफल भइरहेको जानकारी दिनुभयो ।
‘हरीत ग्यास उत्पादनको सम्भाव्यता अध्ययन र निति निर्माणमा हामी छलफलमै छौं ।’ उपप्रधानमन्त्री लिङ्देनले भन्नुभयो, ‘निजी लगानीकर्तासँग सहकार्य गर्ने विषयमा समेत छलफल भइरहेको छ ।’
छिमेकी राष्ट्रलाई विद्युत निर्यात गर्ने विषयमा राजदूत डिप्रेजको जिज्ञासामा उपप्रधानमन्त्री लिङ्देनले बंगलादेशसँगको सम्झौता प्रक्रियामा रहेको बताउनुहुँदै भविष्यमा ठूलो मात्रामा विद्युत निर्यात गर्ने गरी व्यापार सम्झौता हुने बताउनुभयो ।




प्रतिक्रिया