अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले सातै प्रदेशमा अभिमुखीकरण कार्यक्रम गर्ने

एमालेले सातै प्रदेशमा अभिमुखीकरण कार्यक्रम गर्ने

एमाले नेताहरुको जिम्मेवारी हेरफेर


काठमाडौँ- नेकपा (एमाले) को सचिवालय बैठकले सात वटै प्रदेशमा अभिमुखीकरण कार्यक्रम गर्ने निर्णय गरेको छ। एमालेले आगामी फागुन र चैत दुई महिनामा यो अभियान सञ्चालन गर्ने भएको हो।

एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले ‘मिसन ग्रासरुट’ अनुसार पार्टीलाई जरैदेखि मजबुत गर्ने उद्देश्यले सञ्चालन हुने सो अभियानमा देशका विभिन्न पालिकामा केन्द्रीय सदस्य खटिनु हुने बताउनुभयो। 

उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘सम्पूर्ण केन्द्रीय सदस्य विभिन्न पालिकामा खटिनुहुनेछ। उहाँहरूलाई ११ वटा काम तोकिएको छ। पार्टीको सदस्यता नवीकरण गर्ने, पार्टी प्रशिक्षण, स्थानीय जनप्रतिनिधि र पार्टीका प्रतिनिधिबीच सम्बन्ध सुव्यवस्थित गर्ने, विशेष योगदान गरेका साथीलाई सम्मान गर्ने, पार्टीका बारेमा राय, सुझाव लिने लगायतका ११ वटा कार्यादेश (टिओआर) तोकेर, प्रत्येकलाई सरदर तीन वटा पालिकाको विधिवत् थालनी फागुन ५ गतेबाट सातै वटा प्रदेश अभिमुखीकरण कार्यक्रम सुरु गर्ने छौं।’

अध्यक्ष केपी ओलीले काठमाडौंबाट भर्चुअल बैठकबाट सुरु हुने यस अभियानसँगै पार्टी नयाँ गतिका साथ अघि बढ्ने विश्वास रहेको उहाँले बताउनुभयो। 

नेताहरुको जिम्मेवारी हेरफेर
नेकपा (एमाले) को सचिवालय बैठकले नेताहरुको जिम्मेवारी समेत हेरफेर गरेको छ। एमालेले प्रदेश १ को इन्चार्जमा राजेन्द्र गौतमलाई चयन गरेको छ। यसअघिका प्रदेश इन्चार्ज देवराज घिमिरे प्रतिनिधिसभाको सभामुख निर्वाचित भएपछि घिमिरेको ठाउँमा गौतमलाई जम्मेवारी दिइएको हो ।

त्यस्तै घनश्याम भुसालले पार्टी छोडेपछि रिक्त अर्थ तथा योजना आयोगको प्रमुखमा स्थायी कमिटी विन्दा पाण्डेलाई चयन गरेको छ । निधन भएका नेता बालकृष्ण ढुंगेलको स्थान अपांगता विभाग प्रमुखको इन्चार्जमा पोलिटब्युरो सदस्य पार्वत गुरुङ र रामचन्द्र मण्डल मधेश प्रदेशको सभामुख भएकाले सो स्थानमा शीला यादवलाई जिम्मेवारी दिएको छ ।

एमालेले कार्यकर्ता परिचालन गर्न ‘मिसन ग्रासरुट’ सञ्चालन गर्ने निर्णय पनि गरेको छ । उक्त अभियान फागुन र चैत दुई महिनाभर चल्ने छ ।