अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दोस्रो ट्रिटन नमूना संसद कार्यक्रम सम्पन्न

दोस्रो ट्रिटन नमूना संसद कार्यक्रम सम्पन्न


काठमाडौं – ट्रिटन इन्टरनेशनल कलेजको आयोजना तथा नयाँ युवा नयाँ सोच, नेपालको सहकार्यमा नेपालको संघीय संसदीय अभ्यास बारे प्रशिक्षण दिन एवं सहभागीहरुलाई  व्यवस्थापिका एवं कार्यपालिकाको विभिन्न जिम्मेवारी प्रदान गरी व्यावहारिक अनुभव गराउने उद्देश्यका साथ काठमाडौं उपत्यकासहित देशका ३५ वटा कलेजमा कानून संकाय अध्ययरत १६५ जना विध्यार्थीहरुको सहभागीतामा ट्रिटन नमूना संसद कार्यक्रमको दोस्रो संस्करण यही माघ २८ र २९ गते शुभश्री कलेज अफ म्यानेजमेन्टको सभाहलमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रम अन्तरगत माघ २८ गते बिहान १० बजेबाट बेलुका ५ बजेसम्म प्रशिक्षक विनोद खत्रीले १६५ जना सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो।

माघ २९ गते भएको नमूना संसदमा भने छनोट भएका ८८ जना विध्यार्थीहरु मात्रै सहभागी भएको कलेजकी सिइओ ऋतु न्यौपानेले जानकारी दिनुभयो । नमूना संसद कार्यक्रममा सहभागीहरुलाई स्वयं सत्तापक्ष एवं प्रतिपक्षमा विभाजन गरी सांसद, मन्त्री, प्रधानमन्त्री, सचेतक लगायत विभिन्न जिम्मेवारी प्रदान गरी संसद अधिवेशन आह्वान हुँदै शून्य समय, विषेश समय तथा नेपाल नागरिकता (संसोधन विधेयक), २०७९ पेश गरी त्यसउपरको सैद्धान्तिक छलफल, दफाबार छलफल, संसोधिन पेश हुँदै पारित समेत गरिएको थियो ।

कार्यक्रम समापन समारोहको प्रमुख अतिथि पूर्व उपसभामुख एवं कानूनमन्त्री डा. शिवमाया तुम्बाहाम्फेले मन्तव्यको क्रममा यस्ता कार्यक्रमहरु आजको अपरिहार्यता, अत्यावश्यकता एवं अत्यन्तै समय सान्दर्भिक भएको भन्दै नेपालको संसदमा भएका कमीकमजोरीलाई समेत सुधार गरी अझै परिष्कृत रुपमा युवाहरुले यस्ता कार्यक्रमहरु विध्यालय स्तरिय, नगर स्तरिय, प्रदेश स्तरिय हुँदै देशव्यापी रुपमा आयोजना हुनुपर्ने र देशको योग्य जनप्रतिनिधि जन्माउने बताउनुभयो । त्यसैगरी विशिष्ट अतिथि भोजपुर जिल्ला साल्पा सिलिछो गाउँपालिका अध्यक्ष दौलथ राईले  मन्तव्यको क्रममा राज्य संरचना तथा राज्य संचालन बारे जानकारी गराउने यस्ता कार्यक्रमहरु अझै व्यापक रुपमा प्रत्येक स्थानीय तहहरुमा समेत आयोजना हुनुपर्ने बताउनुभयो ।

नयाँ युवा नयाँ सोच, नेपालका केन्द्रिय अध्यक्ष मुकुन्द दिप मडैका अनुसार यस प्रतियोगितामा तीनवटा विधाहरु पुरस्कार स्वरुप राखिएको यस कार्यक्रममा उत्कृष्ट बहसकर्ता एलिशा शाही (एड मार्क एकेडेमी), सान्त्वना पुरस्कार समीर लामिछाने (कुमारवर्ती बहुमुखी क्याम्पस), उत्कृष्ट अनुसन्धानकर्ता स्मृति शर्मा (ट्रिटन कलेज), सान्त्वना पुरस्कार निशा घिमिरे (ह्वाइटहाउस कलेज) तथा उत्कृष्ट नेतृत्वकर्ता दृश्या काफ्ले (के एम सी, बागबजार), सान्त्वना पुरस्कार रामकृष्ण अधिकारी (के एम सी बालकुमारी)ले हात पार्न सफल भएका छन् ।

ट्रिटन कलेजका कानून तथा व्यवस्थापन संकाय संयोजक कमान सिङ आरसिका अनुसार यस कार्यक्रमको तेस्रो संस्करण अझै धेरै कलेजहरुको सहभागीतामा व्यापक रुपमा आयोजना ट्रिटन कलेजले आयोजना गर्नेछ।

Skip This