अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुख घिमिरे र उपसभामुख मगरलाई गृहजिल्लामा सम्मान

सभामुख घिमिरे र उपसभामुख मगरलाई गृहजिल्लामा सम्मान


झापा – पहिलोपटक सभामुख र उपसभामुख बनेपछि गृहजिल्ला आउनुभएका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना मगरलाई आज सम्मान गरिएको छ। एउटै जिल्ला र एउटै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभाको सभामुख र उपसभामुखजस्तो गरिमामय पदमा पुग्न सफल भएकामा विर्तामोड नगरपालिकाले उहाँहरूलाई आज यहाँ कार्यक्रम आयोजना गरी सम्मान गरेको हो।

घिमिरे नेकपा एमालेको तर्फबाट झापा क्षेत्र-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो भने सोही क्षेत्रबाट राना राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बन्नुभएको थियो।  

शुक्रबारबाट विर्तामोडमा सुरु हुने १० दिने अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७९ को समुद्घाटन गर्न सभामुख घिमिरे झापा आउनुभएको हो । उहाँहरूलाई शुक्रबार बिहान अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा पनि सम्मान तथा बधाई ज्ञापन गर्ने कार्यक्रम राखिएको छ ।