अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदलाई सही ढंगले सञ्चालन गर्न भूमिका निर्वाह गर्छु: सभामुख घिमिरे

संसदलाई सही ढंगले सञ्चालन गर्न भूमिका निर्वाह गर्छु: सभामुख घिमिरे


दमक – सभामुख देवराज घिमिरेले राजनीतिक विसंगतिलाई हटाएर संसदलाई सही ढंगले सञ्चालन गर्न आफूले भूमिका निर्वाह गर्ने बताउनुभएको छ। विर्तामोड नगरपालिकाद्वारा यहाँ आयोजित सम्मान कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो।

सभामुख निर्वाचित भएपछि बिहीबार अपरान्ह आफ्नो निर्वाचन क्षेत्रमा आउनुभएका सभामुख घिमिरेले संविधान संशोधनदेखि सरकारका हरेक कामलाई सही ढंगले सफल बनाउने प्रतिवद्धता जनाउनुभयो।

मुलुक प्रतिकूल अवस्थामा रहेका बेला महत्वपूर्ण जिम्मेवारी आफ्नो काँधमा आएको पनि उहाँले चर्चा गर्नुभयो। यो कठिन घडिमा मैले पाएको जिम्मेवारीलाई जनअपेक्षाअनुसार पूरा गरेर देखाउँछु, उहाँले भन्नुभयो । राष्ट्रपति निर्वाचनदेखि लिएर अन्य महत्वपुर्ण कामलाई कुशलतापुर्वक सम्पन्न गर्ने उहाँको प्रतिवद्धता छ।

दैनिक जिवन कष्टकर बनेको र आर्थिक अवस्था पनि बिग्रेको यो अवस्थालाई सामान्यीकरण गर्नलाई आफूले खेल्न सक्ने भूमिका खेल्ने उहाँले प्रतिबद्धता जनाउनुभयो। सबै राजनीतिक दलहरुले मुलकको समस्या सामधानका लागि अग्रसर हुनुपर्छ र त्यसै अनुसारको भुमिका निर्वाह गर्नुपर्छ, उहाँको सुझाव छ। यसैबीच सभामुख घिमिरे र उपसभामुख इन्दिरा रानामगरलाई बिर्तामोड नगरपालिकाले सम्मान गरेको छ। बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतरा प्रसाईं, उपप्रमुख नगेन्द्र संग्रौला लगायतले नगरपालिकाको तर्फबाट सभामुख घिमिरे र उपसभामुख रानामगरलाई सम्मान गर्नुभयो ।