अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णालीका समस्या समाधान गर्न निरन्तर बहस जरुरी: मुख्यमन्त्री शर्मा

कर्णालीका समस्या समाधान गर्न निरन्तर बहस जरुरी: मुख्यमन्त्री शर्मा


सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीका समस्या समाधानको बहस निरन्तर गर्न जरुरी रहेको बताउनु भएको छ ।

कर्णालीको राजधानी सुर्खेतको बुलबुले उद्यानमा आजबाट सुरु भएको कर्णाली उत्सव ‘कुडा कर्नाली’को कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री शर्माले यस्तो बताउनु भएको हो ।

‘कर्णालीका समस्या साधानको बहस निरन्तर गर्न जरुरी छ’ शर्माले भन्नुभयो, ‘नीति निर्माण र कार्यान्वयनमा अपनत्वलाई अगाडि बढाउन जरुरी छ।’ 

मुख्यमन्त्री शर्माले संविधानमा उल्लेख गरिएको समाजवाद उन्मुख व्यवस्थामा पुग्ने बाटो र तरिकाको बारेमा पनि बहस र बहस र छलफल गर्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामी सबैले चाहेको र सोचेको समाजवाद सुख हो र खुसी हो । हाम्रो सुख आर्थिक समृद्धिसँग जोडिएको छ । यसलाई आत्मसाथ गरेर छलफल र बहस चलाउनुछ । नेपाली नागरिकले राष्ट्रप्रतिको दायित्वबोध कसरी गर्छ भन्ने कुराले नै धेरै कुरा निर्धारण गर्छ । शिक्षा स्वास्थ्य, रोजगार र पूर्वाधारमा केन्द्रीत भएर बहस गर्दा नै सही ठाउँमा पुग्छौं भन्ने लाग्छ ।’