अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुख घिमिरेद्वारा पूर्वमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त 

सभामुख घिमिरेद्वारा पूर्वमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त 


काठमाडौँ-सभामुख देवराज घिमिरेले पूर्वस्वास्थ्यमन्त्री प्रा डा मथुराप्रसाद श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्नु भएको छ । श्रेष्ठको ८८ वर्षको उमेरमा आज बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको थियो । 

सभामुख घिमिरेले लेख्नुभएको छ, ‘पूर्वस्वास्थ्यमन्त्री प्रा डा मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा आज बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भएको असामयिक निधनप्रति दुःख व्यक्त गर्दछु । श्रेष्ठको निधनले मुलुकले एक कुशल नागरिक अभियन्ता एवं मानवअधिकारकर्मी गुमाएको छ । वामपन्थी बुद्धिजीवी श्रेष्ठले चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यतालाई अघि बढाउनुभएको थियो ।’ 

उहाँले श्रेष्ठको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गर्नुभएको छ ।