अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एनआईसी एशिया बैंकद्वारा नेपालमै पहिलो पटक एप्पल पे र गुगल पे भुक्तानी स्वीकार सेवा सञ्चालनमा

एनआईसी एशिया बैंकद्वारा नेपालमै पहिलो पटक एप्पल पे र गुगल पे भुक्तानी स्वीकार सेवा सञ्चालनमा


काठमाडौं–एनआईसी एशिया बैंकले नेपालमा पहिलो पटक एप्पल पे (Apple Pay) र गुगल पे (Google Pay) मार्फत भुक्तानी स्वीकार गर्ने सेवा सञ्चालनमा ल्याएको घोषणा गरेको छ।

बैंकका अनुसार ई–कमर्स पेमेन्ट गेटवे प्रयोग गर्ने मर्चेन्ट ग्राहकहरूले अब भिसा (Visa) तथा मास्टरकार्ड (Mastercard) प्रयोगकर्ताबाट Apple Pay र Google Pay मार्फत सहज रूपमा भुक्तानी स्वीकार गर्न सक्ने छन्।

बैंकले डिजिटल भुक्तानी प्रणालीलाई थप आधुनिक, सहज र सुरक्षित बनाउने उद्देश्यले साइबरसोर्स भुक्तानी गेटवे (CyberSource Payment Gateway) मा आबद्ध मर्चेन्टहरूले विश्वभर रहेका Apple Pay तथा Google Pay प्रयोगकर्ताबाट आफ्ना ई–कमर्स प्लेटफर्ममार्फत सुरक्षित रूपमा भुक्तानी लिन सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।

एप्पल पे र गुगल पे विश्वव्यापी रूपमा मान्यता प्राप्त मोबाइलमा आधारित भुक्तानी माध्यम हुन्। यसमार्फत प्रयोगकर्ताले भौतिक कार्ड प्रयोग नगरी आफ्नो कार्ड विवरणलाई मोबाइलमा ‘टोकनाइज’ गरेर सुरक्षित तरिकाले भुक्तानी गर्न सक्छन्।

बैंकका अनुसार होटल, ट्राभल तथा टुरिजम, ह्यान्डिक्राफ्ट, एयरलाइन्स, ई–कमर्स र आईटी क्षेत्रलगायतका व्यवसायहरूले CyberSource मा आबद्ध भई अन्तर्राष्ट्रिय ग्राहकबाट Apple Pay र Google Pay मार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन्। यसले नेपाली व्यवसायीलाई अन्तर्राष्ट्रिय ग्राहकका लागि थप सहज र परिचित भुक्तानी अनुभव उपलब्ध गराउने अपेक्षा गरिएको छ।

नेपालमै पहिलो पटक शुरु भएको यस भुक्तानी सेवाले भुक्तानी सेवालाई थप सहज र सरल बनाउने, मर्चेन्ट ग्राहकहरुको व्यवसायमा टेवा दिने, भुक्तानी सरल र सुरक्षित बनाउनुको साथै नेपालको पर्यटन प्रवद्र्धनमा समेत सकारात्मक योगदान गर्दै देशको अर्थतन्त्र र अन्तरदेशीय भुक्तानीमा नयाँ आयाम थप्ने बैंकले विश्वास लिएको छ।