काठमाडौं-कुमारी बैंक लिमिटेड र ठमेलस्थित रमदा अन्कोर बाइ विइन्डम होटलबीच कुमारी बैंकका ग्राहकलाई होटल तथा रेस्टुरेन्टका विभिन्न सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ।
सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले रमदा अन्कोरको होटल तथा रेस्टुरेन्टमा उपलब्ध खाना तथा पेय पदार्थ र स्पा सेवामा १५ प्रतिशतदेखि २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्। साथै, ग्राहकले होटलका विभिन्न सेवा सुविधाका लागि किस्ताबन्दी (EMI) सुविधासमेत उपयोग गर्न सक्नेछन्।
सम्झौताअनुसार वार्षिक रूपमा न्यूनतम १५ हजार रुपैयाँ खर्च गर्ने ग्राहकले आफ्नो जन्मदिनमा निःशुल्क केक प्राप्त गर्नेछन्। त्यस्तै, पारिवारिक जमघट तथा विभिन्न कार्यक्रमका लागि केक तथा कर्केज शुल्क नलाग्ने व्यवस्था पनि गरिएको छ।

यसैगरी, रेस्टुरेन्टमा वार्षिक ५० हजार रुपैयाँ खर्च गर्ने कुमारी बैंकका ग्राहकले एक दिनको निःशुल्क रुम सुविधा प्राप्त गर्नेछन्। ग्राहकलाई लक्षित गरी ‘फ्यामिली डे आउट प्याकेज’ र ‘फ्यामिली स्टे प्याकेज’ मा समेत विशेष छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ।
कुमारी बैंकले यस्ता सहकार्यमार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवासँगै थप मूल्यवर्धित सुविधा उपलब्ध गराउने उद्देश्य राखेको जनाएको छ।
विगत २५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले हाल देशभर २७९ शाखा, २९५ एटीएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४० शाखारहित बैंकिङ इकाइमार्फत सेवा प्रवाह गर्दै आएको छ। बैंकले आगामी दिनमा पनि ग्राहकलाई सरल, सुलभ तथा उत्कृष्ट सेवा उपलब्ध गराउन विभिन्न क्षेत्रसँग सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।



प्रतिक्रिया