अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपति र सभामुखबीच भेटवार्ता

राष्ट्रपति र सभामुखबीच भेटवार्ता


काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेल र प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालबीच शिष्टाचार भेटवार्ता भएको छ। शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता भएको हो।

भेटका क्रममा सभामुख अर्यालले अन्तरव्यवस्थापिका संघ (आईपीयू) को महासभामा सहभागी हुन लागेको विषयमा जानकारी गराएका थिए। 

सभामुख अर्यालले आईपीयूको १५३औँ महासभामा सहभागी हुन आइतबार तान्जेनिया जाँदै छन्। यसबारे सभामुख अर्यालले राष्ट्रपति पौडेललाई जानकारी गराएकाे सभामुखकाे सचिवालयले जनाएको छ।