अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओलीद्वारा पूर्वमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त 

एमाले अध्यक्ष ओलीद्वारा पूर्वमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त 


काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  पूर्वस्वास्थ्यमन्त्री प्रा डा मथुराप्रसाद श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्नु भएको छ । श्रेष्ठको ८८ वर्षको उमेरमा आज बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको थियो । 

उहाँले लेख्नु भएको छ, ‘मानवअधिकार आन्दोलनका अगुवा वरिष्ठ वामपन्थी बुद्धिजीवी डा मथुराप्रसाद श्रेष्ठको निधनको खबरले अत्यन्त दुःखी छु । केही दिन अघि प्राप्त भएको उहाँलाई सम्मान गर्ने अवसर नै अन्तिम भेटको रूपमा रहेको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।’ 

उहाँले शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।