अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा अग्रसर छ : अध्यक्ष ओली 

एमाले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा अग्रसर छ : अध्यक्ष ओली 


काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले) देशभक्तिपूर्ण, लोकतान्त्रिक, परिवर्तनकारी, विकासमुखी र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा अग्रसर रहेको बताउनु भएको छ ।

शेर्पा समुदायको प्रमुख चाड ग्याल्पो ल्होसारका अवसरमा शुभकामना दिनुहुँदै उहाँले लोकतन्त्रलाई राजनीतिक अधिकारको उठाउँदै जनताका   आवश्यकता र अधिकार परिपूर्तिको जीवनमूल्य समेटिएको परिपूर्ण र आचरणसिद्ध लोकतन्त्रका रूपमा व्यवहारमा अनूदित गर्न चाहेका उल्लेख गर्नुभएको छ ।

एमाले जनताको जीवनमा परिवर्तन ल्याउन देशलाई सुशासनयुक्त, पछौटेपनमुक्त, गरिबीरहित, सुशिक्षित, आधुनिक, समृद्ध र सुविधासम्पन्न बनाउन आफूले लिएको अग्रसरतालाई अझ असाधारण र द्रुतगतिमा अघि बढाउन चाहेको उहाँले बताउनुभयो । उहाँले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न आ–आफ्नो ठाउँबाट योगदान गर्न सबैलाई आग्रह गर्नुभएको छ ।  

शुभकामना

शेर्पा समुदायको प्रमुख चाड ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका दिदीबहिनी/दाजुभाइहरुमा सुस्वास्थ्य, समृद्धि, एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु । 

बहुसांस्कृतिक विशेषताहरु हाम्रो सुन्दर देश नेपालका मौलिक पुँजीको रूपमा रहेका छन् । एकता र सहिष्णुताको यस विशेषतालाई हामीले समृद्ध देश निर्माणमा सदुपयोग गर्नु पर्दछ । विभिन्न संस्कृतिमा आधारित यस्ता पर्वहरु हाम्रो राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहिष्णुताका मौलिक आधारहरु हुन् । हाम्रो संविधानले विविध भाषा तथा संस्कृति सम्बन्धी विषयलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको छ । यहाँ विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थाहरू सम्मानित उनीहरूका भाषा, लिपी, धर्म, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाहरू संरक्षित छन् । 

नेकपा (एमाले) देशभक्तिपूर्ण, लोकतान्त्रिक, परिवर्तनकारी, विकासमुखी र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा अग्रसर छ । लोकतन्त्रलाई राजनीतिक अधिकारको सङ्कुचित परिभाषाबाट माथि उठाउँदै जनताका सम्पूर्ण आवश्यकता र अधिकार परिपूर्तिको जीवनमूल्य समेटिएको परिपूर्ण र आचरणसिद्ध लोकतन्त्रका रूपमा व्यवहारमा अनूदित गर्न चाहन्छ । नेकपा (एमाले) जनताको जीवनमा परिवर्तन ल्याउन देशलाई सुशासनयुक्त, पछौटेपनमुक्त, गरिबीरहित, सुशिक्षित, आधुनिक, समृद्ध र सुविधासम्पन्न बनाउन आफूले लिएको अग्रसरतालाई अझ असाधारण र द्रुतगतिमा अघि बढाउन चाहन्छ । समृद्ध नेपाल, सुखी नेपालीको यस राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न आ–आफ्नो ठाउँबाट योगदान गर्न म सबैमा आग्रह गर्दछु । 

अन्त्यमा, शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होछारका अवसरमा दिदीबहिनी तथा दाजुभाइहरुमा पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु । 

९ फागुन २०७९ केपी शर्मा ओली

    अध्यक्ष