अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

टर्कीमा फेरि भूकम्प : तीन जनाको मृत्यु, ६८० भन्दा बढी घाइते

टर्कीमा फेरि भूकम्प : तीन जनाको मृत्यु, ६८० भन्दा बढी घाइते


काठमाडौँ-टर्कीमा सोमबार फेरि शक्तिशाली भूकम्प गएको छ । सोमबार गएको भूकम्पमा परी तीन जनाको मृत्यु भएको छ भने ६८० भन्दा बढी घाइते भएका छन्।

६.४ म्याग्नेच्युडको भूकम्प गएको हो। सिरिया र टर्कीमा भूकम्पको धक्का महसुस गरिएको छ।

टर्कीको प्रकोप तथा आपतकालिन एजेन्सी अफादले स्थानीय समय अनुसार साँझ ८ः४४ मा भूकम्प गएको जनाएको छ।

यो भूकम्प आएपछि दर्जनौं पटक ‘आफ्टर शॉक’ को धक्का महसुस गरिएको थियो।

यसअघि गत फागुन ६ गते गएको भूकम्पमा ४४ हजारभन्दा बढीले ज्यान गुमाएका थिए। राहत कार्यकर्ताहरू अझै पनि स्थिति सामान्यमा ल्याउन प्रयासरत छन्। सोमबारको भूकम्पमा परी मृत्यु हुनेहरु अन्टाक्या, दाफ्ने र समन्दगीका बासिन्दा थिए। सरकारले जोखिमयुक्त भवनबाट बाहिर निस्कन सर्वसाधारणलाई अपिल गरेको छ।

अन्टाक्याका मेयरले यस भूकम्पका कारण अझै केही व्यक्ति भग्नावशेषमा फसेको हुनसक्ने बताए। टर्की प्रशासनले फेब्रुअरी ६ मा गएको शक्तिशाली भूकम्पपछि ६ हजार पराकम्पन महसुस गरेको जनाएको छ। 

टर्कीमा रहेको बीबीसी टोलीले सोमबार महसुस गरेको भूकम्प यसअघि आएको हल्का भूकम्प भन्दा धेरै शक्तिशाली भएको बताएको छ।

Skip This