पाँचथर – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रपति निर्वाचनमा कांग्रेस र एमालेको सहकार्य हुनसक्ने बताउनु भएको छ।
पाँचथर सदरमुकाम फिदिममा आज पत्रकारहरुसँग कुरा गर्दै उपमहासचिव ज्ञवालीले यस्तो बताउनु भएको हो। मुलुकमा स्थिरता र भूराजनीतिक चलखेल रोक्न मुलुकका प्रमुख दलबीचको सहकार्य अपरिहार्य हुने चर्चा गर्दै ज्ञवालीले कांग्रेस सकारात्मक भएर संवादमा आए राष्ट्रपति निर्वाचनमा सहकार्य हुने सम्भावना यथावत रहेको बताउनुभयो ।
राष्ट्रपति निर्वाचनका सन्दर्भमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाटो बिराएको समेत ज्ञवालीले टिप्पणी गर्नुभयो ।
आन्तरिक र बाहृय चलखेल, आर्थिक मन्दी र स्थायित्वका लागि कांग्रेस-एमालेको सहकार्य जरुरी रहेको भन्दै ज्ञवालीले कांग्रेसले एमालेसँग छलफलमा आए राष्ट्रपति निर्वाचनमा सघाउने सम्भावना यथावत रहेको उहाँको भनाइ थियो ।
उपमहासचिव ज्ञवालीले आजै पाँचथरमा ग्रास रुट अभियानको उद्घाटन गर्नुभयो ।




प्रतिक्रिया