अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्राविधिक शिक्षा सरकारको प्राथमिकतामा परेको छ: मन्त्री शर्मा

प्राविधिक शिक्षा सरकारको प्राथमिकतामा परेको छ: मन्त्री शर्मा


भक्तपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्राविधिक शिक्षा सरकारको प्राथमिकतामा परेको बताउनुभएको छ।

प्राविधिक शिक्षा तथा व्यावयायिक तालिम परिषद् (सिटीइभीटी) को ३५औँ वार्षिकोत्सवको आज उद्घाटन गर्दै उहाँले सरकारले बजेटमा समेत प्राविधिक शिक्षाका लागि प्राथमिकता दिएको बताउनुभयो।

मन्त्री शर्माले भन्नुभयो, ‘देशलाई सीपयुक्त जनशक्ति आवश्यक छ, त्यसैले सरकारले बजेटमा पनि प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेको छ, सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रममा पनि प्राविधिक शिक्षा परेको छ ।’ हातमा सीप भएका जनशक्ति नेपालमा धेरै रहेको चर्चा गर्दै उहाँले पढाइलाई मात्रै नभई अनौपचारिक शिक्षाका रुपमा हातमा सीप भएका जनशक्तिलाई पनि शिक्षा ऐनले सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो।

उहाँले देशका सबै युवालाई हातमा सीप दिएर दक्ष जनशक्ति बनाएर रोजगारी सिर्जना गर्नुपर्ने औँल्याउनुभयो । अन्य विषय पढ्न नसक्ने मात्रै प्राविधिक शिक्षा पढ्न सिटीइभीटी आउँछन् भन्ने भ्रम रहेकाले त्यो भ्रमलाई चिर्नु आवश्यक रहेको मन्त्री शर्माले बताउनुभयो।

अब नेपालको शिक्षामा पढ्दै कमाउँदै भन्ने नीतिलाई व्यवहारिकरुपमा कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिँदै मन्त्री शर्माले भन्नुभयो, ‘नेपालको शिक्षा महँगो हुँदै गएको छ, त्यसैले सरकारले कमाउँदै पढ्दै भन्ने नीति ल्याएको छ, त्यसलाई व्यवहारमा ल्याउनुप¥यो ।’

सिटीइभीटीबाट एउटै विद्यालयमा प्राविधिक शिक्षाका १० वटा कार्यक्रम लैजाने प्रतिस्पर्धा चलेको भन्दै उहाँले त्यसरी धेरै कार्यक्रम एउटै विद्यालयले लैजानुभन्दा थोरै कार्यक्रम लैजाने र गुणात्मक शिक्षा दिनुपर्ने बताउनुभयो । सरकारले अहिले शिक्षा ऐन र निजामती ऐनलाई प्राथमिकतामा राखेको जनाउँदै देश सङ्घीयतामा गए पनि शिक्षा ऐन भने पुरानै भएकाले छिट्टै शिक्षा ऐन ल्याउन सरकार लागेको उहाँले बताउनुभयो ।

नेपालको जनशक्ति धमाधम बाहिरिँदै गएकामा चिन्ता व्यक्त गर्दै उहाँले नेपालमै बसेर पनि आम्दानी गर्नसक्ने भएकाले शिक्षाका अगुवाले विदेशिनुको कारण खोज्नुपर्ने बताउनुभयो। कर्मचारीलाई उहाँले अधिकार पनि खोजौं तर आफ्नो कर्तव्यलाई नभुलौँ भन्दै कर्मचारीले आफ्नो कर्तव्यलाई सधैँ निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले प्राविधिक शिक्षाका विकास एवं विस्तारका लागि सरकार लागिरहेको बताउनुभयो । कार्यक्रममा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा डा श्रीकृष्ण गिरी, राष्ट्रिय योजना आयोगका सदस्य डा सङ्गीता सिंहलगायतले प्राविधिक शिक्षालाई ग्रामिण क्षेत्रका विद्यार्थीको पहुँचसम्म पु¥याउनुपर्नेमा जोड दिनुभयो। सिटीइभीटीका सदस्य सचिव जीवनारायण काफ्लेले सिटीइभीटीका कार्यक्रम, बजेट, नीति तथा प्रगतिका बारेमा विवरण पेश गर्नुभएको थियो।

सिटीइभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले सिटीइभीटीको आवश्यकता र राज्यको योगदानका बारेमा चर्चा गर्नुभएको थियो । त्यसअवसरमा कार्यालयका उत्कृष्ट कर्मचारीलाई पुरस्कार एवं सम्मान प्रदान गरिएको थियो ।

Skip This