अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेशको नामकरण माग गर्दै सांसद पाठकले भन्नुभयो – अहिले नगरे कहिले गर्ने ?

प्रदेशको नामकरण माग गर्दै सांसद पाठकले भन्नुभयो – अहिले नगरे कहिले गर्ने ?


विराटनगर – नेकपा एमाले प्रदेश १ का प्रदेशसभा सदस्य तिलचन पाठकले प्रदेशको नामकरण नहुँदा शिर निहुर्याएर हिड्नु परेको बताउनुभएको छ । उहाँले पहिचानविहीन प्रदेशसभाको सदस्य बनेको बताउँदै आफूहरूले लगाएको प्रदेशको लोगोले समेत जिस्काउन थालेको बताउनुभयो ।

शुक्रबार प्रदेशसभाको विशेष समयमा बोल्दै उहाँले प्रदेशको नाम राख्न नसक्दा जनताले चौतर्फी आलोचना गर्न थालेको बताउनुभयो । ुनाम राख्न नसक्ने तपाईंहरू बाट खै के आश गर्ने ? जनताले प्रश्न गर्न थालेका छन्,ु उहाँले भन्नुभयो ।

जातीय तथा सांस्कृतिक विविधतायुक्त बाहुल्यता भएको प्रदेश भएकाले भूगोल, संस्कृति र जनसंख्याको वृहत् हिस्साको प्रतिनिधित्व हुनेगरी नामकरण हुनुपर्ने बताउनुभयो ।

ुयहाँको इतिहास, भूगोल, संस्कृति र सभ्यतासहित सबै जातजाति र समुदायको प्रतिनिधित्व हुनेगरी सबै जनताले साझा थलो महशुस गर्नेगरी तत्काल नामकरण गर्नुपर्छु, पाठकले भन्नुभयो । यही अधिवेशनबाट प्रदेशको नामकरण गर्न उनले सरकारसँग माग गरेका छन् ।

सरकारले तत्काल सबैको सहमति हुने खालको नाम सदनमा प्रस्तुत गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो , अहिले नगरे कहिले गर्ने ? हामीले नगरे कसले गर्ने ?

Skip This