काठमाडौं -बदलिंदो राजनीतिक परिवेशका बीच नेकपा एमालेको सचिवालय बैठक आज विहान नौ बजे बस्दैछ ।
हिजो चुनाव अघिको गठबन्धन दलहरुले राष्ट्रपतिमा काँग्रेसलाई समर्थन दिने निर्णय गरेपछि वर्तमान सत्ता गठबन्धन धरापमा परेको छ । एमालेले राष्ट्रपतिमा आफ्नै पार्टीबाट उम्मेद्वार तय गर्ने भएको छ । त्यसमा राष्ट्रिय स्वतन्त्र पार्टी,राप्रपा लगायतका दलहरुको समर्थन हुने विश्वास एमालेमा छ ।
पुष १० को सहमति विपरित प्रधानमन्त्री पुष्पकमल दाहालले काँग्रेस लगायतका दलहरुसँग साँठगाँठ गरेपछि एमालेले उनीहरुले तयर गरेका उम्मेद्वारलाई अस्विकार गर्ने भएको हो ।
आजको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता गर्ने कि यथावत राख्ने भन्ने विषयमा पनि निर्णय हुने एमालेका एक सचिवले जानकारी दिए ।




प्रतिक्रिया