काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) की सांसद सहनाज रहमानको निधन भएको छ। हृदयघातका कारण उहाँको आज निधन भएको हो।
भक्तपुरमा शुक्रबार एउटा पिकनिक कार्यक्रममा गएको बेला अचानक मुटु दुख्न थालेपछि उहाँलाई अस्पतालमा भर्ना गरिएकोमा अस्पतालले मृत घोषणा गरेको हो ।
जसपा केन्द्रिय सदस्यसमेत रहेकी रहमान झापाकी हुन् । उहाँ समानुपातिकबाट सांसद बन्नुभएको थियो ।






प्रतिक्रिया