अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश १,बागमती र गण्डकी प्रदेशका पहाडी भागमा वर्षाको सम्भावना

प्रदेश १,बागमती र गण्डकी प्रदेशका पहाडी भागमा वर्षाको सम्भावना


काठमाडौं- आज तीन प्रदेशका पहाडी भेगमा वर्षा हुने सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना देखिएको हो। यस्तै उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
यसबाहेक आज दिउँसो पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

महाशाखाका अनुसार राति प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। यसबाहेक राति प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

आज बिहान ६.४५ बजेको मापनअनुसार आज उपत्यकाको न्यूनतम तापक्रम १०.४ डिग्री सेल्सियस रहेको थियो।

Skip This