काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न आन्दोलनका घाइते, बेपत्ता तथा शहिद परिवारको लागि अक्षयकोष खडा गर्न रु. दुई लाख रुपैयाँ दिने घोषणा गर्नुभएको छ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले सो घोषणा गर्नुभएको हो।
अध्यक्ष ओलीले जनयुद्धका घाइतेहरुलाई उपचार नपाएको भए एमालेको सम्पर्कमा आउन आग्रह पनि गर्नुभयो । उहाँले भन्नुभयो, ‘जनयुद्धका घाइते, अपाङ्ग कोही उपचार नपाएको हुनुहुन्छ भने एमालेको सम्पर्कमा आउनुहोस्। एमालेले सबै गर्छ त म भन्दिन तर सक्दो गर्छ । हामी डाक्टर राखेर हेल्थ डेस्क खडा गरेर पनि काम गर्न सक्छौँ।’




प्रतिक्रिया