अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आठ दलीय गठबन्धनको कुनै ठेगान छैन: झलनाथ खनाल

आठ दलीय गठबन्धनको कुनै ठेगान छैन: झलनाथ खनाल


सुर्खेत – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले हाल राष्ट्रपति निर्वाचनको लागि बनेको आठ दलीय गठबन्धनको ठेगान नभएको बताउनु भएको छ।

वीरेन्द्रनगरस्थित सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेता खनालले अहिले बनेको गठबन्धनबाट गुणात्मक परिवर्तन हुन नससक्ने टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘देश जुन तरिकाले अघि बढिरहेको छ। यी गठबन्धन कति र कसरी बन्ने हुन् अहिले यसै भन्न सकिन्न।’

नेता खनालले राष्ट्रपतिको बारेमा आफ्नो चर्चा आएको तर, पछिल्लो दशकमा सत्ता प्राप्तिको लागि नेताहरु र्‍याल चुहाइरहेका देख्दा आफू त्यो बाटोमा नदौडिएको दाबी गर्नुभयो।

Skip This