अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कचौरामा दूध-भात दिएपछि बिरालो छिमेकीको घरमा जान्छ: अध्यक्ष ओली

कचौरामा दूध-भात दिएपछि बिरालो छिमेकीको घरमा जान्छ: अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बिरालोको संज्ञा दिनुभएको छ।

आज काठमाडौंमा भएको एक कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘ठूलो कचौरामा दूध र भात दिएपछि बिरालो छिमेकीकोमा जानु ठूलो कुरा होइन ।’

उहाँले आफूले ८० सिट हुँदा पनि पदको लोभ नगरेको तर धानमन्त्रीप्रचण्डले ३२ सिट भएर पनि पदका लागि लोभ गरेको आरोप पनि लगाउनु भयो ।

अध्यक्ष ओलीले पार्टी छाडेर जाने नेताहरूलाई पिलो निचोरिएको संज्ञा दिनुभयो । उहाँले भन्नुभयो, ‘पिलो निचोर्दैमा ओजन घट्दैन । टुप्पाको पात हो भनेर फुर्ति लगाए पनि झरेपछि त्यो मल नै हुने हो । को त्यसरी बिस्तारै झरिरहेको छ, तपाईंहरूले देखिरहनु भएकै छ।’

अध्यक्ष ओलीले विदेशी शक्तिले आफूलाई लखेटिरहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘विदेशी शक्ति र देशका प्रतिक्रियावादीहरूबाट सबैभन्दा म बढी लखेटिएको छु ।’