अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री प्रचण्डले परराष्ट्र मन्त्रीको जेनेभा भ्रमण रोके

प्रधानमन्त्री प्रचण्डले परराष्ट्र मन्त्रीको जेनेभा भ्रमण रोके


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौड्यालको स्वीट्जरल्याण्ड भ्रमण राेक्नुभएको छ।

मानवअधिकार परिषद्को ५२ औं सत्रमा सहभागी हुन आइतबार साँझ जेनेभा जानुअघि प्रधानमन्त्री दाहालले भ्रमण राेक्नुभएको हो ।

‘प्रधानमन्त्री दाहालले फोन गरेर परराष्ट्रमन्त्री पौड्याललाई भ्रमणमा नजानु भन्नुभएको छ । त्यसैले नजान लागेको हो,’ परराष्ट्रमन्त्री पौड्याललाई उदृत गर्दै उहाँका प्रेस विज्ञ यशोदा अधिकारीले बताउनुभयो ।

आठ दलको नयाँ गठबन्धन बनेपछि एमालेबाट मन्त्री बन्नुभएकी पौड्याललाई प्रधानमन्त्री दाहालले भ्रमणमा रोक लगाएका हुन् ।

परराष्ट्रमन्त्री पौड्याल नेपाली टोलीको नेतृत्व गर्दै जान लाग्नुभएको थियो । उक्त नियमित सत्र फागुन १५ देखि चैत १३ सम्म चल्नेछ । नेपाल अहिले मानवअधिकार सुरक्षा परिषद्को सदस्य पनि हो ।