अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली लागू

एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली लागू


काठमाडौं – सरकारले एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली तथा वेब मनिटरिङ प्रणाली सुरु गरेको छ। सञ्चार तथा सूचना प्राविधिमन्त्री रेखा शर्माले आज मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच उक्त प्रणालीको शुभारम्भ गर्नुभएको हो ।

सूचना प्रविधि विभागले सो प्रणाली हाल मन्त्रालय मातहतका विभागमा सुरु गरिएको जनाएको छ। यस प्रणाली प्रयोग गरी विकास गरिएका सञ्चार तथा सूचना प्रविधि मन्त्रालय एवम् अन्तर्गतका सूचना तथा प्रसारण विभाग, हुलाक सेवा विभाग, सूचना प्रविधि विभाग र मुद्रण विभागका नयाँ वेबसाइट सञ्चालनमा ल्याइएको विभागले जनाएको छ।

विज्ञप्तिमा भनिएको छ- ‘यस प्रणालीको प्रयोग गरी सरकारी निकायहरुले सूचना प्रविधि सम्बन्धी दक्ष जनशक्ति नभएता पनि उपलब्ध जनशक्तिको मद्दतले आआफ्ना निकायगत वेबसाइटहरु सहजै, निःशुल्क एवम् सुरक्षितरुपमा विकास गर्न सकिने हुँदा निकायगत रुपमा वेवसाइट विकास, अद्यावधिक एवम् सपोर्टका लागि वर्षेनी गरिने खर्चको बचत हुने देखिन्छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘एकीकृत बेवसाइट व्यवस्थापन प्रणाली सरकारी कार्यालयको वेबसाइट निर्माण तथा व्यवस्थापन सम्बन्धी निर्देशिका, २०७८ मा उल्लेख गरिएका प्रावधानहरु, वेबवाइटक सम्बन्धी आधारभूत स्थापित एवम् प्रचालित उत्तम अभ्यासहरु र विभिन्न राष्ट्रिय एवम् अन्तर्राष्ट्रियस्तरका सरकारी निकायहरुका वेबसाइटहरुको व्यापक अध्धयन तथा अनुसन्धान पश्चात विकास गरिएकाले यस प्रणालीबाट सिर्जना गरिका वेबसाइटकहरु अपाङ्गता मैत्री हुनुका साथै बारम्बार सोधिने प्रश्न, गुनासो व्यवस्थापन, स्वचालित सहायक लगायतका विशेषताहरु सहितका हुनेछन् ।’

सरकारी निकायहरुको वेबसाइटहरु मोवाइलको माध्यमबाट समेत हेर्न मिल्ने गरी छुट्टै मोवाइल एपको पनि सँगै विकास गरिएको विभागले जनाएको छ । कार्यक्रममा मन्त्रालयका सचिव डा। बैकुण्ठ अर्याल, विभागीय प्रमुख तथा मातहतका निकायका अधिकारीको सहभागिता रहेको छ ।