अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्ड उग्रवामपन्थी खोजिमा दौडिएका छन्: योगेश भट्टराई

प्रचण्ड उग्रवामपन्थी खोजिमा दौडिएका छन्: योगेश भट्टराई


कालीकोट – नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उग्रवामपन्थी र अवसरवादको खोजीमा दौडिरहेको आरोप लगाउनु भएको छ।

नेकपा एमालेले देशभर सुरु गरेको मिसन ग्रासरुट अभियान अन्तर्गत सोमबार कालीकोट आइपुग्नुभएका भट्टराइले यस्तो बताउनुभएको हो।

प्रचण्ड वामपन्थी नभएर उग्रवामपन्थी र अवसरवादको खोजिमा दौडिने पात्र भएको भट्टराइले आरोप लगाउनुभयो।

देशमा आर्थिक मन्दी भइरहेको बेला सरकार फेरबदल र पदमोहमा जानुले देशमा दुर्दशा लागेको उहाँले बताउनुभयो । नेकपा एमाले आफ्नो समर्थन फिर्ता गरेर सरकारबाट बाहिरएको छ। अब देशको मुख्य प्रतिपक्ष दल भएर जनतामाझ सरकारका गलत गतिविधिहरुको भण्डाफोर र एमाले सरकारले गरेका कामको जानकारी दिन ग्रास लेभलमै रहिरने भट्टराइले बताउनुभयो।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले नेपालको राजनैतिकलाई अस्थिरतातिर लैजान खाजेको आरोप समेत लगाउनुभएको छ। नेपालको कम्युनिष्ट आन्दोलनलाई धरासय पार्न प्रचण्डले समस्या पर्दा कम्युनिष्टसँग मिल्ने र सत्ता मोहमा दक्षिणपंथीको पाउ पर्नुले देश गम्भीर दुर्घटनामा परेको भट्टराइको उहाँको भनाई थियो ।

सचिव भट्टराईले नेकपा एमाले नेपाली जनताको मनमुटुमा रहेको बताउदै प्रत्येक टोलटोलमा एमाले छाएको जानकारी गराउनुभयो ।

संसदमा एक्लै लड्न र सरकार बनाउन नसक्ने भएपछि मुसा मार्ने बिरालो र रेबिज रोग लागेका स्यालहरुको समूह मिलेर बाघसँग लड्न नसक्ने चेतावनी समेत दिनुभयो। एमाले भनेको पार्टीहरु भित्रको बाघ रहेको भट्टराईको तर्क थियो। जनताको सामु कुन मुख लिएर भोट माग्न आउलान भन्दै सरकार फेरबदल र पद मोहले जनता दिक्क भइसेको पनि उहाँले बताउनुभएको छ ।

दुर्गममा बाटो खन्नका लागि सडकमा बसेका नेपाली सेनालाई मार्नु क्रान्ति नभएको समेत उहाँले स्पष्ट पार्नुभयो। सचिव भट्टराईले माओवादीका हिंसात्मक गतिविधीले दुर्गम जिल्लाहरु झन दुर्गम बन्दै गएको बताउनुभयो । कर्णाली राजमार्गको पीली सडक–खण्डमा सडक निर्माण गर्ने नेपाली सेनालाई मार्नु कुनैपनि क्रान्ति नभएको उल्लेख गर्नुभयो ।

सशस्त्र द्धन्द्धमा कालीकोट मात्रै नभई रोल्पा, रुकुम, जाजरकोट जस्ता जिल्लाहरुमा पनि हिंसात्मक गतिविधीले विकासमा बाधा उत्पन्न भएको भट्टराईको भनाइ छ।

कार्यक्रममा केन्द्रिय स्थायी कमिटी सदस्य यमलाल कँडेल, पोलिटब्युरो सदस्य गोरख बोगटी, नेकपा एमालेका केन्द्रिय सदस्य दल रावल लगाएत नेकपा एमालेका जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरुको उपस्थित रहेको थियो ।