अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश १ को नाम अब ‘कोशी प्रदेश’

प्रदेश १ को नाम अब ‘कोशी प्रदेश’


विराटनगर-प्रदेश नं १ को नाम कोशी हुने भएको छ ।

आज बस्ने प्रदेशसभाको बैठकले कोशी नामलाई अन्तिम रूप दिने गरी दलहरू सहमत भएका छन् ।

स्थापनाको सात वर्षपछि प्रदेश नं १ को नामकरण आज हुने भएको छ । अघिल्लै प्रदेशसभा कालमा छ वटा प्रदेशको नामाकरण भएपनि प्रदेश नं १ को नाममा सहमति हुन सकेको थिएन ।

मुख्यमन्त्री हिकमत कुमार कार्कीले प्रदेशको नामाकरणको विषयमा आज प्रदेशसभामा छलफल हुने बताउनुभयो । कार्कीले प्रदेशको नाम भने खुलाउनु भएन । ‘हामी सहमतिको नजिक छौँ ।सम्भवतः आज रातीसम्म बैठक गरेर भएपनि नामाकरण गर्छौं’ कार्कीले यो बेला डट कमसँग भन्नुभयो ।

कोशी नाममा माओवादी समेत सहमत भएको नेताहरूले बताएका छन् । आफूहरूले लामो समय देखि पहिचानको नाममा अडान लिए पनि निर्वाचनको जनमत त्यसतर्फ नगएको निष्कर्ष सहित माओवादी जातीय पहिचानको नामबाट पछि हट्न तयार भएको हो ।

नेकपा एसका संसदीय दलका नेता राजेन्द्र राईले चाहिँ ‘कोशी किरात’नाम प्रदेशसभामा प्रस्तुत गर्ने तयारी गर्नु भएको स्रोतले बतायो । कोशी र कोशी किरातमा केहीबेर छलफल गर्ने तर मतदान गर्ने स्थिति आएमा कोशीमा नै मतदान गर्न माओवादीका नेताहरु सहमत भएका छन् ।