विराटनगर-प्रदेश नम्बर १ को प्रदेशसभा सचिवालयले प्रदेशको नामाकरण सम्बन्धी प्रस्ताव आह्वान गरेको छ । सचिवालयले सूचना जारी गर्दै आज १० देखि १२ बजेसम्म प्रदेशको नामाकरणमा आफ्नो प्रस्ताव पेश गर्न प्रदेशसभा सदस्यहरुलाई आह्वान गरेको हो ।
नेपालको संविधानको धारा २९५ को उपधारा (२) बमोजिम प्रदेशसभा सदस्यहरूलाई प्रस्ताव पेस गर्न सचिवालयले आह्वान गरिएको छ ।
प्रदेश नम्बर १ को प्रदेशको नामाकरणका लागि प्रदेश सभा नियमावली, २०७४ (पहिलो संशोधन समेत) को नियम ५८ (ख) (१) बमोजिम सोही नियमावलीको अनुसूची-९ को ढाँचामा प्रदेश नं. १ का प्रदेशसभा सदस्यहरूलाई आफ्नो प्रस्ताव प्रदेश सभा सचिव समक्ष दर्ता गराउन अनुरोध गरिएको छ ।





प्रतिक्रिया