अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पत्रकार माधव तिवारीलाई इन्जा वौद्धिक पत्रकारिता पुरस्कार

पत्रकार माधव तिवारीलाई इन्जा वौद्धिक पत्रकारिता पुरस्कार


काठमाडौं – नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सन्जाल (इन्जा)ले हरेक वर्ष प्रदान गर्दै आएको वौद्धिक अनुसन्धानवृत्ति पुरस्कार पत्रकार माधवप्रसाद तिवारी र साँढे दई दशकदेखि पत्रकारितामा क्रियाशिल त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक जगत नेपालले प्राप्त गर्नुभएको छ ।

स्वर्गीय शुकदेव शाहको स्मृतिमा स्थापना भएको उक्त बौद्धिक अनुसन्धानवृत्ति पुरस्कार त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसन्चार विषयमा दर्शनार्चाय-विद्यावारिधी (एमफिल-पिएचडी) गर्दै गरेका तिवारी र पिएचडी गर्दै गरेका नेपाललाई दिइएको हो । तिवारी र नेपाललाई बुधबार काठमाडौंमा आयोजित विशेष समारोहकाबीच सभामुख देवराज घिमिरेले सो पुरस्कार हस्तान्तरण गर्नुभयो ।

तिवारीले २०५७ सालबाट पत्रकारिता शुरु गर्नुभएको थियो । भित्ते पत्रिकाबाट पत्रकारिता शुरु गरेका उहाँले रुपरेखा साप्ताहिक, माउन्टेन टेलिभिजन, अनलाइनखबर डटकम, ककनी पोष्ट साप्ताहिक, विज एफएम, आजको न्युज डटकम र हाल दैनिकी डटकमको प्रधानसम्पादकको रुपमा कार्यरत हुनुहुन्छ ।

यसअघि, त्रिभुवन विश्वविद्यालय पत्रकारिता विभागका प्रमुख चिरन्जिवी खनालको संयोजकत्वमा गठित समितिले तिवारीलाई इन्जा वौद्धिक अनुसन्धानवृत्ति पुरस्कार दिने घोषणा गरेको थियो।

यसअघि इन्जाले उक्त पुरस्कारबाट त्रिभुवन विश्वविद्यालयको पत्रकारिता केन्द्रीय विभागका उपप्राध्यापक देवराज अर्याल र वरिष्ठ पत्रकार कपिल काफ्लेलाई प्रदान गर्ने निर्णय गरेको थियो ।

Skip This