जुम्ला -नेकपा एमालेको मिसन ग्रासरुट अन्तर्गत जुम्लाको तातोपानी गाउँपालिका(५, लाम्राबाट सदस्यता नवीकरण तथा नयॉ सदस्यता वितरण अभियान सुरु भएको छ । आज केन्द्रीय सदस्य एवं केन्द्रीय प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले पार्टी सदस्यता वितरण गरी अभियानको आरम्भ गर्नुभयो ।
जनतामा विश्वास गर्ने र जनताको भरोषाको पार्टी भएकाले आफ्नो पार्टी चुनाव नपर्खी जनताको घरदैलोमा आएको उल्लेख गर्दै केन्द्रीय सदस्य रिजालले भन्नुभयो, ‘कांग्रेस(माओवादीले हाम्रा लागि फिल्ड खाली गरिदिएका छन् । हामी अब लगातार जनताका बीचमा रहन्छौं, जनताको आवाज उठाउँछौं र आगामी निर्वाचनबाट बहुमत ल्याउँछौं ।’ एमालेले बहुमत नल्याएसम्म मुलुकको विकास असम्भव रहेकाले अहिलेदेखि नै जनताको विश्वास जित्ने गरी काम गर्न उहॉले कार्यकर्तालाई आग्रह गर्नुभयो ।
उक्त अवसरमा केन्द्रीय सदस्य रिजालको उपस्थितिमा १० जना सदस्यले सदस्यता नवीकरण गरेका छन् भने १० जनाले नयॉ सदस्यताका लागि आवेदन भरेका छन् ।

कार्यक्रममा एमाले जुम्लाका अध्यक्ष शान्तिलाल महत, उपाध्यक्ष सुरत शाहीलगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा विष्णुमाया डॉगीको अध्यक्षतामा १५ सदस्यीय अमेमसंघ वडा कमिटी गठन गरिएको छ । प्रमुख अतिथि रिजालले नवनिर्वाचित कमिटीलाई बधाई दिनुभयो । एमालेले केन्द्रीय प्रतिनिधि रिजालको उपस्थितिमा चन्दननाथ र तातोपानीमा वडा केन्द्रित अभियान सुरु गरेको छ ।




प्रतिक्रिया