अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रामचन्द्रसँग रेशमको माग : श्रीमतीलाई उपप्रधानमन्त्री,सुदुरपश्चिममा डेढवर्ष मुख्यमन्त्री

रामचन्द्रसँग रेशमको माग : श्रीमतीलाई उपप्रधानमन्त्री,सुदुरपश्चिममा डेढवर्ष मुख्यमन्त्री


काठमाडौ – नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले श्रीमती रञ्जिता श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउन माग गर्नु भएको छ । यो सहित चौधरीले आठ दलीय गठबन्धनभित्र ८ वटा माग अगाडि राख्नुभएको छ । ।
आठ दलीय गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार बनेका कांग्रेसका नेता रामचन्द्र पौडेलले बिहीबार बिहान रेशम चौधरीसँग डिल्लीबजार कारागारमा भेटघाट गर्नुभएको थियो । ।
सुदूरपश्चिम प्रदेशमा कांग्रेस, माओवादी र नाउपा डेढ–डेढ वर्ष सरकारको नेतृत्व गर्ने गरी सहमति हुनुपर्ने नाउपाको माग छ । नाउपाले सुदूरपश्चिममा अहिले दुई मन्त्री र एक राज्यमन्त्री मागका साथै दुई संसदीय समितिको सभापति माग गरेको छ । सुदूरपश्चिम प्रदेशको नाम खस–थारु प्रदेश नराख्नु पर्ने रेशमको माग छ । नाम फेर्न गठबन्धनसँग सुदूरपश्चिममा दुई तिहाइ रहेको चौधरीको भनाइ छ ।

यस्तै सुदूरपश्चिमको राजधानी धनगढी बनाउनुपर्ने उनको माग छ । प्रदेशसभाको विगतको कार्यकालमा कैलालीको गोदावरीलाई स्थायी राजधानी बनाउने गरी प्रदेशसभाबाट पारित भएको थियो ।

यस्तै कैलालीको टीकारपुर क्षेत्रलाई छुट्टै जिल्ला घोषणा गर्न माग रेशमले माग अगाडि सारेका छ । आठ दलीय गठबन्धनमा केन्द्रमा उपप्रधानसहित सहरी विकास मन्त्रालय र एक राज्यमन्त्री माग चाहिने उनको माग छ ।

ती नेताका अनुसार लुम्बिनीमा दुई मन्त्री र मधेस प्रदेशमा एक मन्त्री नाउपाले दाबी गर्ने छ ।