अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

छक्का पञ्जा–४ र छड्के–२ आजबाट प्रदर्शनमा आउँदै

छक्का पञ्जा–४ र छड्के–२ आजबाट प्रदर्शनमा आउँदै


काठमाडौँ-नेपाली फिल्म छक्का पञ्जा–४ र छड्के–२ आजबाट प्रदर्शनमा आउने भएका छन् ।

दीपकराज गिरी र दीपाश्री निरौलाको छक्का पञ्जा र अनमोल केसी अभिनीत छड्के–२ आजबाट प्रदर्शनमा आउन लागेका हुन् । 

हेमराज विसीले निर्देशन गरेको छक्का पञ्जा–४ मा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्य, सुष्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ । 

फिल्मको कथा दीपकराज गिरीले तयार पारेका हुन् । नरेन्द्र मैनालीले छायांकन गरेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।

दिपेन्द्र खनिया र केशव न्यौपाने निर्माता रहेको फिल्मका कार्यकारी निर्माता केदारप्रसाद घिमिरे र निर्मल शर्मा छन् । आमा सरस्वती मुभिज र आइएमीको प्रस्तुति रहेको छ ।

यस्तै निर्भान फिल्म स्कुलको छड्के–२ को  मुख्य कलाकारमा अनमोल केसी छन् । चकलेटी हिरोको छवी बनाएका अनमोल छड्के–२ बाट ग्यांगस्टार मुहारमा देखिँदैछन् । प्रशान्त गिरी र देवकुमार श्रेष्ठको निमार्णमा रहेका छड्के–२ लाई निगम श्रेष्ठले निर्देशन गरेका हुन् ।  

Skip This