काठमाडौँ । नेकपा (एमाले) पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ मा देशभर जारी छ । एमालेले यही फागुन ५ गतेदेखि देशभर एकसाथ थालेको अभियान अहिले देशभर जारी छ ।
अभियानका लागि पार्टीका नेताहरू गाउँ, टोल र बस्तीमा गएका छन् । अभियानका लागि पार्टी उपाध्यक्षदेखि केन्द्रीय सदस्यसम्म खटिएका छन् । अभियानमा पार्टीका केन्द्रीय पदाधिकारीदेखि वडा तहका नेताहरू दुई महिनासम्म एकैसाथ सक्रिय रहने एमालेले जनाएको छ । एमालेले पार्टीलाई जनतासँग जोड्न सो अभियान चलाएको हो ।
अभियानमा पार्टी सदस्यता नवीकरण र विस्तार मार्फत आधारभूत तहमा पार्टी सदस्यहरूको वास्तविक तथ्यांक, उनीहरूको अवस्था, पालिका, वडा र टोल कमिटीको क्रियाशीलता र वास्तविक जानकारी लिने गरिएकाे छ ।
पार्टी प्रकाशन गरेको मिसन ग्रासरुट निर्देशिकमा अनुसार पार्टीको आधारभूत पंक्तिलाई पार्टीका आधारभूत सिद्धान्तका बारेमा प्रशिक्षित गरिँदै छ । अभियानका क्रममा केन्द्रीय सदस्यहरुले कम्तीमा ६ वटा विषयमा प्रशिक्षण दिँदैछन् ।
भिडियो स्रोत : एमाले अध्यक्ष केपी शर्मा ओलीको सामाजिक सञ्जाल




प्रतिक्रिया