काठमाडौँ – राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङ र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। नेकपा एमालेका सचिव योगेश भट्टराईले नेम्वाङ र प्रधानमन्त्री दाहालबीच भेटवार्ता भएको जनाउनु भएको छ। सचिव भट्टराई र नेम्वाङ र प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष दाहालबीच पनि भेट भएको र प्रधानमन्त्री सकारात्मक रहेको बताउनुभयो।
सचिव भट्टराईले राष्ट्रपति निर्वाचनमा नेम्वाङको उम्मेदवारी न्यायोचित उम्मेदवारी भएकाले लोसपा पनि सकारात्मक रहेको बताउनुभयो । उहाँले राष्ट्रपति जस्तो पदमा गठबन्धन बनाएर देशलाई विभाजित गर्नु नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेको राष्ट्रपति निर्वाचनमा सुवासचन्द्र नेम्वाङको उम्मेदवारी न्यायोचित उम्मेदवारी हो । संविधान, कानून बुझेको, संविधान निर्माणमा नै अग्रसर रहेकाले उहाँ नै उपयुक्त हुनुहुन्छ। बैठक बसेर निर्णय गर्ने कुरा गर्नुभएको छ तर उहाँहरुको प्रतिक्रिया सकारात्मक पाएका छौँ । राष्ट्रपति जस्तो निर्वाचनमा गठजोड बनाएर, गठबन्धन बनाएर देशलाई विभाजित गर्नु हुँदैन । माओवादीका अध्यक्ष एवं प्रधानमन्त्रीसँग पनि हामीले भेट गरेका छौं यसमा प्रधानमन्त्री सकारात्मक कुरा भएको बुझेका छौँ ।’
लोसपा अध्यक्ष महन्थ ठाकुर र नेम्वाङबीच शुक्रबारै भेटवार्ता भएको थियो ।




प्रतिक्रिया