अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कफी शपको छतबाट खसेर माधव नेपालका भाइ सरोजको निधन

कफी शपको छतबाट खसेर माधव नेपालका भाइ सरोजको निधन


काठमाडौँ – नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजकुमार उपाध्यायको शंखमुलस्थित एक कफीसपको छ्तबाट खसेर निधन भएको छ ।

माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा निधन भएको माधव नेपालको सचिवालयका सदस्य नितेश पौडेलले जानकारी दिनुभयो ।

नेपाल प्रहरीको नयाँ बानेश्वर वृत्त अनुसार कफी सपको छतबाट खसेपछि सख्त घाइते भएका उपाध्यायलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

उहाँ नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा इन्जिनियर विभागका प्रमुख पनि हुन्।

घटनाबारे छानबिन भइरहेको प्रहरीले जनाएकाे छ ।