सर्लाही – पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको बाँके जंगलमा भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ।
दुर्घटनामा धनुषाको मिथिला नगरपालिका-१० घर भएका ३४ वर्षीय दीपक स्याङ्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
शनिबार साँझ बागमती प्रदेश ०१–०२५ च ००७ नम्वरको पिकअप भ्यानले प्रदेश २–०२–००१ ह ०३३३ नम्वरको अटोलाई ठक्कर दिँदा स्याङ्तान गम्भीर घाइते हुनुभएको थियो । उहाँलाई लालबन्दीमा सामान्य उपचार थप उपचारको लागि राति नै वीरगञ्ज लगिएको थियो। उपचारको क्रममा आइतबार बिहान उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा पिकअपका चालक धादिङको थाक्रे गाउँपालिका–११ का २३ वर्षीय सुनिल सुनुवार पनि सामान्य घाइते भएका छन्। प्रहरीको निगरानीमा उहाँको लाबन्दीमै उपचार भइरहेको छ।






प्रतिक्रिया