काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति समक्ष सरकारको वार्षिक प्रतिवेदन बुझाउनु भएको छ।
आज सितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारको आर्थिक वर्ष २०७८/०७९को वार्षिक प्रतिवेदन बुझाएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
संवैधानिक व्यवस्थाअनुसार सरकारले सम्पादन गरेका काम कारबाहीको फेहरिस्त राष्ट्रपति भण्डारीसमक्ष प्रस्तुत गर्नुपर्ने हुन्छ।
सो अवसरमा मुख्यसचिव शङ्करदास बैरागी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवलगायतको सहभागिता रहेको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ।




प्रतिक्रिया