वीरेन्द्रनगर – पार्टी सुदृढीकरणका लागि नेकपा एमालेले दुई हप्ता अघि देखि सञ्चालन गरिरहेको मिसन ग्रास रुट(एमजिआर)मा अन्य पार्टी त्यागेर एमालेमा प्रवेश गर्नेहरु पनि बढीरहेका छन् । यस अन्तरगत कर्णाली प्रदेशको सुर्खेत जिल्लाका नौवटै पालिकामा पालिकास्तरिय अभिमुखिकरण कार्यक्रम सम्पन्न भई हाल वडा स्तरिय भेला र प्रशिक्षण कार्यक्रम जारी रहेको छ। अभियान अन्तर्गत आज वडा नं १० सानो सुर्खेतमा माओवादी केन्द्रसहित विभिन्न पार्टी परित्याग गरि ६५ जना एमालेमा प्रवेश गरेका छन। अभियानका सहजकर्ता प्रदेश कमिटी सदस्य पदमा खड्काले उनीहरूलाई पार्टी प्रवेश गराउनु भएको हो। कार्यक्रममा प्रदेश कमिटी सदस्य खड्काले एमाले पार्टी देशकै अभिभावक पार्टी भएको र यसको नेतृत्वमा मात्र मुलुकको समृद्धि र विकास हुने बताउनु भयो।







प्रतिक्रिया