अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपति निर्वाचनका लागि एमालेका सबै सांसदहरूलाई आज  प्रशिक्षण

राष्ट्रपति निर्वाचनका लागि एमालेका सबै सांसदहरूलाई आज  प्रशिक्षण


काठमाडौं -आगामी २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि नेकपा एमालेले आज साँसदहरुलाई प्रशिक्षण दिने भएको छ ।
एमाले राष्ट्रियसभामा दलका नेता एवं पोलिटव्यूरो सदस्य देवेन्द्र दाहालका अनुसार दिउसो १ बजे पार्टी केन्द्रीय कार्यलय च्यासमा तीनै तहका साँसदहरुको संयुक्त प्रशिक्षण हुदैछ । प्रशिक्षणमा प्रतिनिधीसभा,राष्ट्रियसभा र सातै प्रदेशका प्रदेशसभाका साँसदहरु उपस्थित हुनेछन् । कार्यक्रममा भाग लिन मिसन ग्रास रुटमा जिल्ला जिल्लामा खटिएका साँसदहरु काठमाडौं आउने क्रम जारी छ ।
प्रशिक्षणमा एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेद्वार सुवासचन्द्र नेम्वाङलाई जिताउन पार्टीले लिएको रणनीति,विपक्षी पार्टीका मतदाता तान्ने रणनीति र वर्तमान राजनीतिक अवस्थाका बारेमा अध्यक्ष केपी शर्मा ओलीले प्रशिक्षण दिनुहुने दाहालले जानकारी दिनुभयो ।
प्रशिक्षणमा विभिन्न प्रदेशहरुमा पार्टीको मतभारको अवस्थाका बारेमा सातै प्रदेशबाट रिर्पोटिङ पनि लिइने कार्यक्रम छ ।

एमालेको प्रतिनिधीसभामा ७९ जना छन् भने राष्ट्रियसभामा १६ गरी संघीय संसदमा ९५ जना साँसद छन् । यसैगरी सातवटै प्रदेशसभामा गरेर १सय ६१ जना साँसद छन् । संघीय साँसदले एकजना बराबर ७९ हजार जनासंख्याको प्रतिनिधीत्व गर्दछन् । त्यसैले संघीय साँसदको मतभार ७९ तोकिएको हो । प्रदेश साँसदले ४८ हजार जनसंख्याको प्रतिनिधित्व गर्दछन् । यो हिसाब २०६८ सालको जनगणनाको आधारमा हो । त्यसैले प्रदेशको मतभार ४८ कायम गरिएको हो । संघीय संसदका दुवै सदनमा एमालेको मतभार ७ हजार ५ सय ५ छ भने प्रदेशसभामा ७ हजार ७ सय २८ छ । तीनै तहका साँसदहरुको मतभार एमालेमा १५ हजार २ सय ३३ रहेको छ ।