अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एकीकृत समाजवादीका नेता उपाध्ययको आज अन्त्येष्टि गरिने

एकीकृत समाजवादीका नेता उपाध्ययको आज अन्त्येष्टि गरिने


काठमाडौं – नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं विज्ञान तथा प्रविधि विभाग प्रमुख सरोज उपाध्यायको पार्थिव शरीरलाई काठमाडौँको मिनभवन, आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा राखिने भएको छ।

आज दिउँसो १ देखि ३ बजेसम्म पार्टी कार्यालयमा उहाँप्रति पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुकका साथै अन्य राजनीतिक दलका नेतागणले श्रद्धाञ्जली दिनुहुने कार्यक्रम रहेको छ।

गत शनिबार शङ्खमूलस्थित एक रेष्टुरेन्टको छतबाट लडेर घाइते हुनुभएका उपाध्यायको अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।

उहाँको आजै साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ।

दिवङ्गत उपाध्याय पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका कान्छा भाई हुनुहुन्छ ।  

Skip This