अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संविधानको रक्षा मेरो पहिलो दायित्व हुनेछ: सुवास नेम्वाङ

संविधानको रक्षा मेरो पहिलो दायित्व हुनेछ: सुवास नेम्वाङ


काठमाडौं – नेकपा एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेद्वार सुवासचन्द्र नेम्वाङले आफूलाई राष्ट्रपतिमा निर्वाचित गर्दा संविधानको रक्षा गर्ने बताउनु भएको छ। उहाँले भन्नुभयो, ‘म राष्ट्रपति हुँदा संविधानको रक्षा गर्छु। तपाईंको शिर निहुरिने काम हुन दिन्न। संविधानको रक्षा मेरो पहिलो दायित्व हुनेछ। मैलै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता आरजु राणालाई भेटेर आएको हुँ।’

आज नेकपा एमालेले पार्टी केन्द्रीय कार्यलय च्यासमा सांसदहरूलाई प्रशिक्षण दिने कार्यक्रमा यस्तो कुरा बताउनु भएको हो।

उहाँले कांग्रेसका सभापति देउवाले राष्ट्रपतिमा उपयुक्त पात्र भएको पनि बताउनु भयो । जिम्मेवार राजनीतिक दल एक ठाउँमा उभिनु पर्दछ भन्ने देउवाको भनाइ छ ।

उहाँले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. सिके राउतलाई भेटेकाे बताउनु भयाे ।