काठमाडौं – सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद् सचिवालयमा आज दर्ता गरेको छ।
सरकारले बिहीबार विधेयकलाई सङ्घीय संसद् सचिवालयमा दर्ता गरेको हो । सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले सरकारले सो विधेयक संसद् सचिवालयमा आज बिहीबार दर्ता गरेको जानकारी दिनुभयो । सो विधेयक सङ्क्रमणकालीन न्यायलाई व्यवस्थापन गर्न बनेको बताउनुभयो । मन्त्रिपरिषद्को आजको बैठकले विधेयकलाई संसद्मा दर्ता गर्ने निर्णय गरेको थियो।
सहायक प्रवक्ता धमलाले विधेयक दर्ता भएको दुई दिन भित्रमा प्रतिनिधि सभाका सबै सदस्यलाई अध्ययनका लागि वितरण गरिने जानकारी दिनुभयो । विधेयक दर्ता भएको पाँच दिनपछि बस्ने जुनसुकै संसद् बैठकमा पेस हुने उहाँले जानकारी दिनुभयो।
सचिवालयमा दर्ता भएको विधेयक संसद् बैठकमा अघि बढाउने विषय राजनीतिक विषय भएको बताउँदै उहाँले सभामुखले राजनीतिक दलसँग छलफल गरी आगामी प्रतिनिधि सभा बैठकमा पेस हुने बताउनुभयो ।




प्रतिक्रिया