अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एउटा पक्ष बन्दुकमा खिया लागेको छैन भनेर धम्क्याउँदैछ: अध्यक्ष ओली

एउटा पक्ष बन्दुकमा खिया लागेको छैन भनेर धम्क्याउँदैछ: अध्यक्ष ओली


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको राजनीतिमा एउटा पक्षले आफूलाई भनेजस्तो भएन भने बन्दुकमा खिया लागेको छैन भनेर धम्क्याउने बताउनु भएको छ ।

आज काठमाडौँमा आयोजित राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्चको सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘नेपालको राजनीतिको एउटा पक्ष आफूलाई भनेजस्तो भएन भने बन्दुकमा खिया लागेको छैन भन्छ । हामीले उल्लङ्घन गरेको मानवअधिकारको पनि कुरा गर्ने ? वाह ! तिनीहरू नै मानवअधिकारका कुरा गरेर थाक्दैनन् ।’

उहाँले नेपालमा मानवअधिकारको इतिहास लामो भएको भन्दै नेपालमा धेरै मान्छे राष्ट्र वा जनताको हकअधिकारका लागि लड्दा मरेको पनि बताउनु भयो ।

अध्यक्ष ओलीले मानवअधिकार रक्षाका निम्ति नेपालमा सबभन्दा पहिला १९९५ मा मानवअधिकारकै संस्था खोलेर त्रिचन्द कलेजका तत्कालीन विद्यार्थी गंगालाल श्रेष्ठले पहिलो प्रवचन गरेको बताउनु भयो ।