अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधान होइन, जुद्धशमशेरका छोरा हुन् : अध्यक्ष ओली

पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधान होइन, जुद्धशमशेरका छोरा हुन् : अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधान नभई जुद्धशमशेरको माइलो छोरा रहेको बताउनु भएको छ ।

आज नेपाल ल क्याम्पसमा कानुनका विद्यार्थीहरुसँगको छलफलमा उहाँले कानुनको इतिहासमा गलत पढाइएको बताउनु भयो। उहाँले भन्नुभयो, ‘तपाईहरुले कानुनको किताबमा नेपालको पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधान भनेर पढ्नुभएको होला तर होइन, जुद्धशमशेरका छोरा नेपालको पहिलो प्रधानन्यायाधीश हुन् ।’

१९९७ सालमा जुद्धशमशेरले दुईवटा शनद जारी गरेको र त्यसमध्ये कानुनी शनदको आधारमा पहिलो अदालत गठन भएको ओलीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘त्यतिबेला प्रधानन्यनायाधीश भनिएको थिएन । न्यायाधीश जर्नेल भनिएको थियो । त्यो पदमा आन्तरिक प्रतिस्पर्धा राणाहरुको बीचमा भएको थियो । मोहनशमशेर र जुद्ध शमशेरका छोराबीच प्रतिस्पर्धा भएको थियो। सम्भवत जुद्धशमशेरको माइलो छोरा थिए । उहाँ नेपालको पहिलो प्रधानन्यायधीश भएका थिए ।’

कानुनको इतिहासमा नेपालको पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधान उल्लेख छ । उहाँ भारतीय नागरिक थिए । ओलीले ००७ सालको परिवर्तनपछि विदेशीलाई प्रधानन्ययााधीश बनाउन संविधान संशेधन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘विदेशी नागरिकलाई देशको न्यायालय प्रमुख बनाउने कुरा संवैधानिक हुनै सक्दैन तर भयो । किनकी उहाँको दार्जिलिङमा हुँदा वीपी कोइरालासँग घनिष्ठता बढेको थियो ।’