अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘प्रकाश विष्ट अर्थात् त्रिविको अब्बल अध्येता’

‘प्रकाश विष्ट अर्थात् त्रिविको अब्बल अध्येता’


काठमाडौँ । ‘दुई वर्ष अनेरास्ववियुले गर्छ’ यो भिजन बोकेर चुनावमा होमिएको एमाले निकट  अनेरास्ववियुको प्यानल  त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा स्ववियु आफ्नो कब्जामा ल्याउनेमा ढुक्क छ ।

त्यसको लागि सभापतिका उम्मेदवार प्रकाश विष्टको नेतृत्वले नयाँ भिजन र मिसन अघि सारेको छ । स्ववियुलाई खोज केन्द्र बनाउने अठोट बोकेको विष्टको टिमले अनुसन्धानमूलक शिक्षा, युवा विद्यार्थीको नेतृत्व र सम्बुद्ध नेपालको नारालाई मुख्य विषय बनाएको छ । 

३ हजार ३ सय ३९ जना विद्यार्थीले मतदान गर्ने स्ववियुको निर्वाचनमा विष्टको नेतृत्वले अनुसन्धानलाई विशेष जोड दिएको छ ।

सभापतिका उम्मेदवार विष्ट आफैमा अब्बल नेता हुन् । उनले अनुसन्धानमा गरेको योगदानले विश्वविद्यालयलाई  उचाइमा पु¥याएको छ ।  त्यसैले उनले आफ्नो उम्मेदवारीको विषयमा भन्छन्,’राजनीति सँगै पढाइलाई अघि बढाउनुपर्छ । त्रिविलाई सेन्टर अफ एक्सिलेन्स बनाउनुपर्छ ।’

‘सरकारले त्रिविप्रति हेर्ने दृष्टिकोणले बदल्न सक्नु मेरो दायित्व हो, त्यसकै लागि मलाई भोट दिएर विजयी गराउनु विद्यार्थीको अधिकार हो,’चुनावी प्रचारको अघिल्लो दिन कीर्तिपुरमा निर्वाचनमा व्यस्त भएका विष्ट भन्छन्,’मेरो प्यानलको एउटामात्र उद्देश्य छ । त्यसैले विष्टको प्यानलले भिजन टेनटेन र संस्थागत विकासको भिजन सार्वजनिक गरेको छ ।

‘हामीले जे लेखेका छौ,सबैपुरा गर्नेछौ । हाम्रो भिजनमा जे छ । दुईवर्षमा सबैपुरा हुन्छ,’भिजनको बारेमा उनले भने,’गर्नसक्ने काम मात्र उल्लेख गरेका छौ । अनेरास्ववियुले सार्वजनिक गरेको भिजन टेनटेनमा  विश्वविद्यालयलाई एक्सलेन्स सेन्टर लागु हुनेछ व्यावहारिक क्यालेण्डर,अनेरास्ववियुको आश्वासन उत्तरदायी प्रशासन, सेवाग्राहीलाई नो लोड अनलाइन प्रयोगमा जोड,डिजिटल लाइब्रेरी,खुल्छ सधैभरी, बढाउनेछौ विश्वविद्यालयको गियर सबैलाई ओरिजिनल सर्टिफिकेट, गर्नेछौ सबैलाई आव्हान,सामूहिक अध्ययनलाई प्रोत्साहन,अनेरास्ववियुको आव्हान अनुसन्धानमूलक रचना प्रकाशन, विश्वविद्यालयको समुन्नति अनुसन्धान केन्द्रको स्तर उन्नति, समग्र प्राज्ञिक उन्नति प्रविधि मैत्री पठन, अनेरास्ववियुको उपहार भर्ना र परीक्षा प्रणालीमा सुधार रहेका छन्  ।

‘मेराे नेतृत्वले त्रिविलाई साच्चिकै एक्सेलेन्ट क्याम्पस बनाउने योजना बढाएको छ,’सभापतिका उम्मेदवार विष्टले भने,’हामी जे गर्छौ विश्वव्द्यिालयकै लागि गर्छौ, विश्वविद्यालयलाई राजनीति गर्ने मात्रैको थालोबाट टाढा राख्नेछौ ।’

त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति र कानुनका विद्यार्थी विष्ट रिसर्च  अब्बल छन् । मलेसिया, दुबई, थाइल्याण्ड, सिंगापुर, इन्डोनेशियादेखि फिलिपिन्ससम्ममा यात्रा गरेका विष्टले विभिन्न देशका रिसर्च जर्नलहरुमा प्रकाशित गरिसकेका छन् ।

त्यसैको आधारमा विष्टको प्यानलले त्रिविको संस्थागत विकासको भिजन तयार गरेको छ । विष्टको प्यानलले तयार गरेको विकासको भिजनमा १० बुँदा समेटिएको छ । विकासको भिजनमा  विश्वविद्यालय क्षेत्रको नेत्र बन्दरहित सम्मानित क्षेत्र, हरियाली विश्वविद्यालय परिसर स्वास्थ्य रहने सबैलाई अवसरमा, सुधारको एकै मन्त्र सबै समेटिने उच्चस्तरीय संयन्त्र, हुनेछ अखिलको सहयोग सक्षम सेवा आयोग, आधुनिक एरिया, तरीय क्याफेटेरिया, अन्त्य हुनेछ बसाइँको दुरावस्था, निर्माण हुनेछ स्तरीय आवासीय व्यवस्था, कलाको सम्मान गरौँ जथाभाबी भित्ते लेखन बन्द गरौँ,अनेरास्ववियुको अडान विश्वविद्यालय परिसरमा बिजुली जडान, राजनीतिक हस्तक्षेपत्राट उन्मुक्ति सक्षमताको आधारमा पदाधिकारी नियुक्ति र विधिको शासन विश्वविद्यालयमा सुशासन छन् । 

त्रिवि र  चीनको सिचुआन विश्वविद्यालयको इन्टिट्युट अफ साउथ एसियन स्टडीजमा एक्सचेन्ज स्टुडेन्टको रुपमा अध्ययन गरिरहेका विष्ट त्रिविका इतिहास केन्द्रीय विभागमा अध्ययनरत छन् ।  नेपाल बुद्धिजीवी परिषद्का राष्ट्रिय सुरक्षा तथा वैदेशिक सम्बन्ध अध्ययन केन्द्रका सदस्य रहेका विष्टको प्यानलले त्रिविको संस्थागत विकासको भिजन समेत सार्वजनिक गरिसकेका छन् । ‘हाम्रो सिंगो टिम यसमा सक्षम र सबल छ । हामीले यो विश्वास गरेका छौ कि चैत ५ गते सम्पन्न निर्वाचनपछि हाम्रो नेतृत्वले त्रिवि स्ववियुको बागडोर सम्हाल्नेछ ।’

सभापति विष्टको प्यानलबाट सचिवमा सिद्धान्त भट्ट, कोषाध्यक्षमा जनकराज कार्की छन् ।  प्रत्यक्ष तर्फको सदस्यको उम्मेदवारहरूमा सन्चमान सुब्बा, रचना अधिकारी, दिनेश कुमार सिंह, पुरन खरेल, चेतनारायण गिरी, शिखर राई, सिकेन्द्र रोकाया, हिकमत बुढा प्रतिस्पर्धामा उत्रिएका छन् ।

समानुपातिक तर्फबाट अर्जुन रेग्मी, सुदर्शन गौतम, राम सिंह नायक, विष्णु बस्याल, सुरेन्द्र शाही, प्रज्वलन खत्री, कल्पना खतिवडा, सागर पाण्डे, विकास पटेल, बालकृष्ण ओली, टंक प्रसाद कँडेल, सृष्टि भट्टराई, सफल चापागाईँ, दीपक सिंह ठकुरी, विवेक जिसी र संगम थापामगर छन् ।

विष्ट पढाईमा मात्र होइन उनको रिसर्च जर्नलमा समेत उनीअब्बल छन् । नेपाली सेनाले सार्वजनिक गरेका सामरिक रिसर्च जर्नलको चौथौँ संस्करणमा सभापतिको उम्मेदवार  विष्ट प्रथम भएका थिए । सेना दिवसको अवसरमा प्रधानसेनापति प्रभुराम शर्माले उनलाई २ लाख नगद सहित प्रथम पुरस्कार प्रदान गरेका थिए । त्रिविको इतिहास हेर्दा अहिलेसम्म त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघले ७ पटक, अनेरास्ववियुले ६ पटक स्ववियु सभापति जितेका छन् । २०६५ सालमा अखिल क्रान्तिकारीले जितेको थियो ।

अनेरास्ववियुका पूर्व अध्यक्ष किशोविक्रम मल्लले  त्रिविमा अनेरास्ववियुको प्यानल नै जित्ने बताए  । ‘विष्टको नेतृत्व सक्षम रसबल छ भन्ने विषयमा दुईमत छैन । सबै विद्यार्थीको साझा उम्मेदवाको रुपमा चिनिएका विष्ट र उनको प्यानलको जित सुनिश्चित छ’मल्लले भने ।

अनेरास्ववियुले अन्य विद्यार्थी संगठनमा देखिएको विवाद र आफ्नो संगठनको एकता नै जितको आधार रहेको अनेरास्ववियुका आंकलन छ । अनुशासित, र व्यवस्थित टिम भएकोले हाम्रो जित निश्चित छ–सभापतिका उम्मेदवार विष्टको भनाई छ । ‘राम्रो शैक्षिक पृष्ठभूमि रहेका र नेतृत्व गर्न सक्ने व्यक्तिलाई अनेरास्ववियुको प्यानलमा भएकोले हाम्रो जितलाई कसैले रोक्न सक्दैन’,विष्टको भनाई छ ।