अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘धोके बाज हौ तिमी’ गीत प्रचण्डकै लागि गाएजस्तो भयो: योगेश भट्टराई

‘धोके बाज हौ तिमी’ गीत प्रचण्डकै लागि गाएजस्तो भयो: योगेश भट्टराई


मुगु – नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रपति निर्वाचनका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई धोका दिएको बताउनुभएकाे छ। गायिका एलिना चौहानले ‘धोके बाज हौ तिमी, धोक बाज हौ तिमी’ गीत पनि प्रधानमन्त्री प्रचण्डकै लागि गाएजस्तो भएको उहाँको टिप्पणी छ। 

आज नेपाल पत्रकार महासंघ मुगुले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले प्रचण्डलाई प्रधानमन्त्री बनाउने क्रममा राष्ट्रपति एमालेलाई दिने सहमति विपरीत प्रधानमन्त्रीले धोका दिएको बताउनुभएकाे हाे। 

गत १० पुसमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने बेलामा एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बनाउने सहमति भए पनि माओवादी अध्यक्षसमेत रहेका प्रचण्डले एमालेलाई धोका दिएको उहाँले आरोप लगाउनु भयो ।

तत्कालीन सत्ता साझेदार सात दलहरुबीच एमालेले प्रस्ताव गरेको व्यक्तिलाई राष्ट्रपति बनाउने सहमति भएको दाबी तर राष्ट्रपति बनाउने बेला प्रधानमन्त्रीबाट धोका भएको दोहोर्‍याउनुभयाे ।