अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प

ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प


काठमाडौं -नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको स्याओ केन्द्रबिन्दु भएर गएराति ११ बजेर ४१ मिनेट जाँदा ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो।
भूकम्पको धक्का पूर्वका विभिन्न जिल्लामा महसुस गरिएको थियो।

पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिम क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम बढेको छ।

यसअघि मुगुको भिइ केन्द्रबिन्दु भएर यही चैत १० गते ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको थियो।