अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज पहाडी भू-भागमा चट्याङ्गसहित वर्षाको सम्भावना  

आज पहाडी भू-भागमा चट्याङ्गसहित वर्षाको सम्भावना  


काठमाडौँ-हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले पहाडी भू-भागहरूमा आंशिक बदली भई बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली  रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा  चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिमसहित  बाँकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रहने छ।  पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको छ।

शुक्रबार भने देशका पहाडी भू-भागका साथै तराईका एक-दुई स्थानमा  पनि चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।